साँकेतिक तस्बिर
गोरखा । मोटरसाईकल दुर्घटनामा परी गोरखाका १ जना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भिमसेनथापा गाउँपालिका–७ बार्लाङ घर भएका प्रदिप पाण्डे भएको प्रहरीले पुष्टी गरेको हो ।
काठमाडौंको तार्केश्वर नगरपालिका स्थित जरङ्खु पुल नजिकै भएको दुर्घटनामा परी पाण्डेको मृत्यु भएको थियो । तिब्र गतीमा रहेको मोटरसाईकल सडक छेवैमा रहेको पोलमा ठोकिएको थियो ।
राती १० बजे साथीलाई पुराएर फर्कने क्रममा मोटरसाईकल दुर्घटनामा परेको थियो । पाण्डेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


