गोरखा । लायन्स क्लब अफ तारानगरको अध्यक्षमा सुनिल कुवर चयन भएका छन् । क्लबको एक भेलाले कुवरलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
अग्रेजी बर्ष सन २०२३–२०२४ को लागी समिति निर्माण गर्न बसेको भेलाले प्रथम उपाध्यक्षमा गणेश बानियाँ, द्वितिय उपाध्यक्षमा राधिका कुमाल र तृतिय उपाध्यक्षमा नविन घिमिरेलाई चयन गरेको हो ।
शुक्रबार भएको भेलाले सचिवमा विभोर कुमाल र कोषाध्यक्षमा सुरज क्षेत्रीलाई सर्व सम्मत रुपमा चयन गरेको क्लबल जानकारी दिएको छ ।


