गोरखा । मदन भण्डारी स्पोर्टस एकेडेमीले जिल्ला कमिटि गोरखाको अध्यक्षमा सन्तबहादुर नेपाली चयन भएका छन् । एकेडेमीको शुक्रबार भएको एक कार्यक्रममा नेपालीलाई गोरखा जिल्लाको अध्यक्षमा चयन गरेको हो ।
लुम्बिनीमा गत चैत्र २३ गते सम्पन्न राष्ट्रिय भेलाको निर्णय अनुसार जिल्ला कमिटिहरुलाई पूर्णता दिएका एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जनाएका छन् ।
जिल्ला कमिटिको उपाध्यक्षमा अरुण गुरुङ, सचिवमा राजेन्द्र वयलकोटी, सहसचिवमा मिनबहादुर गुरुङ र कोषाध्यक्षमा अमृत गुरुङ चयन भएका छन् ।
जिल्ला कमिटिको अन्य सदस्यहरुमा दिलमान गुरुङ, रोशन बानिया, लक्ष्मण श्रेष्ठ, राजेन्द्र पुडासैनी, लक्ष्मण सुनार र मदन गुरुङ चयन भएका छन् ।
शुक्रबारसम्म गोरखा सहित ३९ जिल्लालाई पूर्णता दिएको जनाउँदै अन्य जिल्लाको हकमा यथासिघ्र निर्णय लिइने अध्यक्ष आचार्यले जनाएका छन् ।
जिम्मेवारी प्राप्त कमिटिहरुलाई शुभकामना तथा बधाई ज्ञापन गर्दै उनले निर्णयको पूर्ण कार्यान्वयन संगै खेलकुद विकासलाई तिव्रता दिन समेत आग्रह गरेका छन् । एकेडेमी अव छिट्टै पालिकाहरुमा कमिटि गठन गर्ने तयारी गरिरहेको जनाएको छ ।
यस संगै “सबैका लागि खेलकुद” भन्ने मूल नारासहित एकेडेमीले देशका विभिन्न स्थानमा क्रिकेट, कराते, रेसलिङ, ब्याडमिन्टन, चेस, फुल कन्टयाक्ट लगायतका राष्ट्रिय प्रतियोगिता तथा फुटबल, भलिबल, तेक्वान्दो, फुटसल, डोरी तानलगायत प्रदेशस्तरीय प्रतियोगिता गर्ने तयारी गरिरहेको उपमहासचिव सूवर्ण श्रेष्ठले जानकारी दिएकी छन् ।



