साँकेतिक तस्बिर
गोरखा । गोरखा तर्फको त्रिशुली नदीमा डुबेर काठमाडौंका १ युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं सुन्दरीजल गुम्बा बस्ने २६ वर्षीय सोनाम साङ्बो रहेको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
सोमबार शहिद लखन गाउँपालिका–४ को राईनासस्थित त्रिशुली नदीमा पौडी खेल्न गएको सोनाम साङ्बो नदीमा डुबेका थिए । डुबेर गंभिर घाईते भएका सोनाम स्थानीय मेडिकल कुरिनघाट सामान्य उपचार पछि थप उपचारको लागि हाईवेय अस्पताल ट्रमा सेन्टर चितवन पठाईएको थियो ।
सोनामको पृथ्वी हाईवेय अस्पताल ट्रमा सेन्टर कुरिन्टारमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको जानकारी दिएको छ ।




















