फाईल तस्बिर
सर्लाही । लालवन्दीको फोहोर फाल्ने स्थानबाट प्रहरीले आज नेपाली १ हजार दरको ५३० थान नक्कली नोट फेला पारेको छ । लालबन्दी नगरपालिका–७ स्थित फोहोर फाल्ने ठाउँबाट उक्त परिमाणको नक्कली नोट फेला परेको सर्लाही प्रहरीले पुष्टी गरेको हो ।
प्रहरी नक्कली नोट बनाउने आकारको सेतो सादा पेपर ६०० थान समेत फेला पारेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले उक्त स्थानमा उक्त नक्कली नोट फेला पारी बरामद गरेको हो ।
उक्त स्थानमा कसले त्यती परिणाममा नक्कली नोट ल्याएको फाल्यो भन्ने बारेमा प्रहरीले आवश्यक अनुसन्धान सुर गरेको जनाएको छ ।


