गोरखा । गोरखाको विभिन्न जंगलमा गएको १ महिना यता ५०० रोपनीभन्दा बढी क्षेत्रफलमा आगलागी भएको छ । डिभिजन बन कार्यालय गोरुखाले दिएको जानकारी अनुसार पछिल्लो १ महिनामा उक्त क्षेत्रफलमा आगलागी भएको हो ।
गर्मी मौसम सुरु भएता यता पहिलो पटक ०७९ सालको चैत्र ३ गते भिमसेन थापा गाउँपालिकाको मसेलमा रहेको मण्डली सामुदायिक बनमा अगलागी भएको सहायक वन अधिकृत एवं सूचना अधिकारी महेश पौडेलले जानकारी दिए । उनका अनुसार साना साना बन क्षेत्रमा धेरै स्थानमा आगलागी भएको भएता पनि पछिल्लो पटक गोरखा सदरमुकामको कुहिरे र मौरे भिरमा लागेको आगलागी ठुलो हो ।
साेमबार राती गाेरखा सदरमुकाममा रहेकाे कुहिरे-माहुरे भिरमा भएकाे आगलागी
सदरमुकामको उक्त क्षेत्रमा सोमबार साँझदेखी लागेको आगो मंगलरबा साँझ ५ बजेसम्म पनि नियन्त्रण बाहिर रहेको छ । आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, शसत्र प्रहरी, नेपाली सेना, सामुदायिक बन उपभोत्ताहरु तथा स्थानिय परिचालन हुदा समेत आगो नियन्त्रण बाहिर गएको डिभिजन प्रमुख असोककुमार श्रेष्ठले बताए ।
जिल्लामा ५११ सामुदायिक बन उपभोत्ता समिति अन्तरर्गत रहेको २६ लाख ४२ हजार २०० रोपनी जंगल मध्ये कहाँ कहाँ लागलागी भयो र कहाँ कति क्षति भयो भन्ने कुराको जानकारी संकलन भईरहेकोले आगलागी भएको क्षेत्रफल बढन सक्ने प्रमुख श्रेष्ठले बताए ।
डिभिजन बन कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार मण्डली, लुदी दामगाडे, गोरखा दरर्बार, बज्रमनास्लु, सरस्वती सामुदायिक बन र मनकामना क्षेत्र वरपरका जंगलमा ठुला ठुला आगलागी भएका छन् ।
किन यसरी बर्षेनी जंगलमा आगलागी हुन्छ ?
डिभिजन बन कार्यालय गोरखाका सूचना अधिकारी पौडेलका अनुसार सर्व साधारणले निजि क्षेत्रमा लगाएको आगो नियन्त्रण बाहिर जादाँ पनि जंगल क्षेत्रमा आगलागी हुने गरेको छ । उनका अनुसार खेतीपातीको यो सिजनमा निजि क्षेत्रमा लगाएको आगोको झिल्को बन क्षेत्रमा पुग्दा पुरै बन क्षेत्र आगोको चपेटामा आउने गरेको छ ।
त्यस बाहेक पनि बादर आतंक र जंगली जनावरको डरका कारणले पनि सर्व साधारणहरुले जंगल क्षेत्रमा आगो लगाउने गरेको प्रमाण भेटिएको कार्यालयले दावी गरेको छ ।
तर केही घटना भने जनचेतना नहुदा लापरवाही पूर्वक र लहडमा जंगलमा पालुवा आउने र नयाँ घाँस पलाउने आशामा पनि आगो सल्काउने काम भएको कार्यालयको गुनासो छ ।
आगो नियन्त्रणमा किन आएन त ?
आगो नियन्त्रणमा लिनकै लागि डिभिजन बन कार्यालयले आरआरटी टिम गाउँ गाउँमा बनाएको छ । तर त्यो टिमलाई आवश्यक सामाग्रीको अभावमा आगो नियन्त्रणमा लिन नसकिएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।
त्यस बाहेक पनि भौगोलिक जटिलताको कारणले पनि आगो चाढो नियन्त्रणमा लिन नसकिएको उनको भनाई छ । त्यसैको उदाहरण बनेको छ सदरमुकामको कुहिरे र माहुरे भिरमा लागेको आगो । देख्दा सामान्य जस्तो लागेता पनि आगो नियन्त्रणका लागि मानिस जान नसक्ने भिर पखेरा भएको कारणले आगलागी भएको २४ घण्टा हुन लाग्दासम्म पनि आगो नियन्त्रण बाहिर गएको प्रमुख श्रेष्ठको दावी रहेको छ ।
गत बर्षको तुलनामा गोरखाको बन क्षेत्रहरुमा आगलागी बढेको छ । गर्मी बढेसंगै आगलागी समेत बढने भन्दै गत बर्षको तुलनामा यो बर्ष पानीमा कमी आउनु, स्रोत र साधनको कमी हुनु, सामुदायिक बन उपभोत्ता समितिहरुलाई आगलागी नियन्त्रणको सामाग्रीहरु पप्र्यात रुपमा वितरण गर्न नसक्नु, अग्नी रक्षक दल नहुनु र जनतामा चेतनाको कमी हुदा पनि आगलागीको मुख्य कारण भएको प्रमुख श्रेष्ठले बताए ।



