गोरखा । स्कुटर चोरी गरेको आरोपमा गोरखा सदरमुकामबाट सुवास भन्ने मोतिराम घर्ती मगर पक्राउ परेका छन् । मगरले चितवनको जलबिरेमा पार्किङ गरिराखेको स्कुटर चोरी गरी गोरखा बजार ल्याउदै गर्दा पक्राउ परेका हुन् ।
गोरखा प्रहरीले मगरलाई गोरखा नगरपालिका–६ को हरमटारी चोकबाट बैशाख २ गते सनिबार नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
उनका अनुसार सनिबार बिहान सदरमुकामको हरमटारी चोकमा चेकजाँच क्रममा मगरले स्कुटरको कागजपत्र देखाउन नसके पछि शंका लागेर स्कुटर र मगरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा बा. ३५ प ४७५० नम्बरको स्कुटर चितवनको जलबिरेमा पार्किङका क्रममा चोरी भएको पुष्टी थियो ।
चितवन जिल्ला ईच्छाकामना गाउँपालिका–६ चनौटे घर भएका २० बर्षिय मगरलाई चोरी गरेको स्कुटर सहित ईलाका प्रहरी कार्यालय मुग्लिङमा अडसार गरिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।


