गोरखा । उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा गोरखाका जिवनज्योति श्रेष्ठ निर्वाचित भएका छन् ।
राजधानीमा भएको ५७औं साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठ केन्द्रिय सदस्यमा चयन भएका हुन् ।
गोरखा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहेका श्रेष्ठ गण्डकी प्रदेशको तर्फबाट केन्द्रिय सदस्यमा चयन भएका हुन् ।


