गोरखा । गोरखाको साँखुटारको त्रिशुली नदीमा हिजो फेला परेको पुरुषको शवको सनाखत हुन सकेको छैन । अन्दाजी ३५ बर्षका ति पुरुषको मृक्त शरिर बुधबार नदीको तैरिरहेको अवस्थामा फेला परेको थियो ।
गण्डकी गाउँपालिका–६ भुम्लीचोकको साँखुटारको त्रिशुली नदीमा तैरिरहेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
मृत्तक ब्यक्ति झापा घर भएका उमेश चौधरी भएको र उनी लामो समयदेखी काठमाण्डौ बस्दै आएको भन्ने अपुष्ट जानकारी प्राप्त भएकोले बुझने काम भई रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
केही दिन अगाडी मझीमटारमा भएको पिक दुर्घटनामा परेर ति ब्यक्ति हराई रहेका थिए । काठमाण्डौबाट सामान लिएर पोखरा तर्फ जादै गर्दा मझिमटारमा पिकअप दुर्घटनामा परेको थियो ।
अन्दाजी ३५ बर्षका ति पुरुषको शव अहिले गोरखा अस्पतालको शव गृहमा राखिएको छ ।
प्रहरीले मृक्तक ब्यक्तिको पोष्टमार्टम गरेर डिएनएको लागि राजधानी पठाउने तयारी भईरहेको पनि जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


