गोरखा । बागलुङमा जबरजस्ती करणी मुद्वा लागेको १ जना युवक गोरखाबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रोल्पा जिल्ला लिवाङ गाविस–१ हाल पाङ हाल लुङ्ग्री गाउँपालिका–१ बस्ने २० बर्षका प्रसाते बिक भएको प्रहरीले पुष्टी गरेको हो ।
उनलाई गोरखाको जौबारीको प्रहरीको टोलीले बारपाक गाँउपालिका–४ को सौरपानी क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
बिकलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बागलुङबाट पत्राचार भई आएकोले खोजतलासका क्रममा सौरपानी क्षेत्रमा फेला पारेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बिकलाई जिल्ला प्रहरी कार्यालय बागलुङ चलान गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।




















