गोरखा । गोरखा सिरानडाँडाका १ जना पुरुषलाई बालिका बालात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–४ सिरानडाँडाका ४९ बर्षका डिलबहादुर तामाङ भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
तामाङले सोही स्थानमा बस्ने १६ बर्षिया बालिका प कुमारी (नाम परिवर्तन)लाई गएको सनिबार बिहान ८ बजेको समयमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
पक्राउ परेको तामाङलाई सनिबार नै पक्राउ गरी आइतबार गोरखा जिल्ला अदालतमा जबरजस्ती करणी शिर्षक मुद्वामा ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको गोरखा प्रहरीले जनाएको छ ।



