गोरखा । नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई संसदमा परिक्षा दिएर मात्र जान सुझाव दिएका छन् । गोरखा सदरमुकाममा आज पत्रकारहरु संग कुरा गर्दै अल्पमतमा परे पछि पनि मुख्यमन्त्रीबाट बाहिरीन गारो भएको भन्दै उनले त्यस्तो सुझाव दिएका हुन् ।
नेपाली काँग्रेस गोरखाको आयोजनाम भएको पत्रकार सम्मेलनमा गण्डकी प्रदेशका संसदीय दलका नेता पाण्डेले सरकारबाट माओवादीका मन्त्रीहरुले राजिनामा दिनासाथै मुख्यमन्त्रीलाई सहज बर्हिगमनको लागि आग्रह गरिसकेको बताए । ‘मैले यो सरकारबाट माओवादीका मन्त्रीहरुले राजिनामा दिएकै भोलीपल्ट सहज बर्हिगमनको लागि अनुरोध गरेको थिए’ उनले भने ‘मान्नु भएन अव संसदीय परिक्षा अन्तरर्गत विश्वासको मत लिएर देखाउन सुझाव दिन्छु ।’
नेता पाण्डेले सरकार नैतिक रुपमा नै अल्पमतमा रहदा पनि सहज निकास दिन मुख्यमन्त्री अधिकारीले आलटाल गरेको आरोप लगाए ।
अबको मुख्यमन्त्री तपाई नै हो त ? भन्ने पत्रकारहरुको जिज्ञासामा नेता पाण्डेले यो कुरा चुनाव प्रचारप्रसारमा नै भनिएको र अहिले पनि त्यही कुरामा माओवादी सहमत भएको बैशाख ११ गते गोरखाले मुख्यमन्त्री पाउने निश्चित भएको बताए ।
आलोपालोको कुरा के हो त भन्ने जिज्ञासामा भने नेता पाण्डेले यो गण्डकी प्रदेशमा मात्र नभएर सातै प्रदेशमा आलोपालोमा सरकार बन्ने बताए ।
निर्वाचन अगाडी र राष्ट्रपती चुनाव पछि माओावदी–काँग्रेस एकै ठाउँमा उभिए पछि गण्डकी प्रदेश सरकारबाट चैत्र १० गते माओवादीका मन्त्रीहरुले राजिनामा दिएका थिए । अल्पमतमा परेको ३० दिनभित्र पनि विश्वासको मत नपाए स्वत संसदमा रहेको दोस्रो ठुलो दलले सरकार बनाउन पाउछ ।


