साँकेतिक तस्बिर
गोरखा । सौरपानीको टुकराङमा आगलागी हुदा करिब १९ लाख बरावरको क्षति भएको छ । बारपाक सुलिकोट गाउँपालिका–४ को सौरपानी टुकराङमा रहेको एक घरमा सोमबार भएको आगलागीमा १८ लाख ५० हजार बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
टुकराङ बस्ने ५३ वर्षीय शेरबहादुर बरामको घरमा सोमबार दिउसो आगलागी भएको थियो । किराना पसल समेत सञ्चालन गर्दै आएका बरामको २ तले घर जलेर पुर्ण रुपमा नष्ट भएको गोरखा प्रहरीले जनाएको छ ।
आगलागीबाट घर, घरमा रहेको सुनचाँदी, नगद, लत्ताकपडा तथा अन्नपात समेत गरी करिब १८ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाकारी दिएको छ ।
के कति कारण आगलागी भएको हो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । आगलागी दिउसो ५ः३० बजे मात्र नियन्त्रणमा आएको थियो ।


