गोरखा । नेपाल आदीबासी जनजाती पत्रकार महासंघ गोरखा शाखाको अध्यक्षमा मेलिना बराम चयन भएकी छिन् । शाखाको आज गोरखा सदरमुकाममा भएको भेलाले मरामलाई सर्व सम्मत अध्यक्षमा चयन गरेको हो ।
बरामको अध्यक्षतामा ७ सदस्यिय जिल्ला कार्य समिति समेत चयन भएको छ । जसको उपाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा केशव गुरुङ र कोषाध्यक्षमा मनोज श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै गरी, कार्य समिति सदस्यहरुमा संगिता चेपाङ, लक्ष्मी श्रेष्ठ र विवर गुरुङ चयन भएको फोनिज गोरखाका निवर्तमान अध्यक्ष सुशिलबावु श्रेष्ठ (कैलास)ले जानकारी दिए ।
श्रेष्ठको अध्यक्षतामा भएको भेलाले आगामी बैठकले समितिका बाँकी पदहरु र प्रदेश तथा संघिय प्रतिनिधीहरुको नाम निर्णय गर्ने गरी भेला सम्पन्न भएको थियो ।


