पाँचौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित समितिका पदाधिकारीहरु
गोरखा । गोरखा घरभएका २ जना तमू (गुरुङ) संचारकर्मी संघ नेपालको केन्द्रिय समितिमा चयन भएका छन् । सर्व सम्मत भएको समितिमा केशव गुरुङ र दानबहादुर गुरुङ सदस्यमा चयन भएका हुन् ।
कास्कीको पर्यटकीय गाउँ तोनी नासा (ताङतिङ) मा भएको पाँचौं राष्ट्रिय महाधिवेशनले २ जनालाई समितिमा चयन गरेको हो । चयन भएका केशव गुरुङ जिल्ला सदरमुकामलाई कार्यक्षेत्र बनाएर नयाँ पत्रिका दैनिक तथा जिल्ला सदरमुकामबाट प्रकाशित हुने दरौदी दैनिकमा काम गर्दै आएका छन् । उनी यस अघिको केन्द्रिय समितिमा पनि सदस्य थिए । गुरुङ फोनिज गोरखाका सचिव समेत हुन् ।
त्यस्तै गरी दानबहादुर गुरुङ चितवनलाई कार्यक्षेत्र बनाएर ईच्छाकामना एफएम संञ्चालन गर्दै आएका छन् । उनी प्रेस सेन्टर गोरखाका जिल्ला अध्यक्ष समेत हुन ।
केन्द्रिय समितिको अध्यक्ष चित्रबहादुर (लाला) गुरुङ चयन भएका छन् । ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको थियो ।
जिल्लाबाट केन्द्रिय समितिमा चयन भएका दुवैलाई गोरखा समाचार डटकमका सञ्चालक सुशिलबावु श्रेष्ठले सफल कार्यकालको शुभकामना ब्यक्त गरेका छन् ।


