गोरखा । लियो जिल्ला परिषद ३२५ एल नेपालको अध्यक्षमा गोरखा सौरपानी घर भएका सन्तोष ढकाल बिजयी भएका छन् । पोखरामा भएको महाधिवेशनबाट ढकाल सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुनु । अग्रेजी बर्ष २०२३–२०२४ का लागि ढकाल अध्यक्षमा चयन भएका हुन ।
२०१७ देखि लियोमा सकृय रहेका ढकाल लियो क्लब अफ काठमाडौं बेद ब्यासको संस्थापक अध्यक्ष समेत हुन । लियो जिल्ला परिषद ३२५ एल नेपालमा करिब ३८ वटा कलब आबद्ध रहेको र त्यसमा १ हजार ५०० जना सदस्यहरु रहेका छन ।
ढकाल ७ बर्ष देखि विभिन्न पदमा सकृय रहदै आएका थिए । बारपाक सुलिकोट गाउँपालिका–४ सौरपानी स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–५ स्थित हरियालि समाज लोलाङमा बस्दै आएका छन् ।
परिषदको जिल्लाको उपाध्यक्षमा अभय थापा, सचिवमा सुनिल मिश्र र कोषाध्यक्षमा सुलभ थकालि चयन भएका छन् ।
त्यस्तै गरी, जनसम्पर्क अधिकृतमा कुसल लम्साल, सल्लाकार प्रमुखमा अमृत पन्डित, चिप डिपार्टमेन्ट चियर्पसनमा उजेन श्रेष्ठ, चिफ रिजन कोडिनेटरमा सम्राट ऐडि र ब्यबस्थापकमा उद्दब राजुलि चयन भएका छन् ।
अन्य पदाधिकारीको भने समितिको पहिलो बैठकले ठुग्गो लगाउने गरी समिति चयन भएको पनि परिषदले जानकारी दिएको छ ।
यस अघि पनि लियो जिल्ला परिषद् ३२५ जे नेपालको सचिवमा गोरखाका क्रमश सन्तोष ढकाल र बालकृष्ण परियारमा निर्वाचित भईसकेका छन् ।


