प्रधानमन्त्री दाहाल गोरखा अस्पतालको स्वर्ण जयन्तीमा शुभकामना दिदै । तस्बिर : प्रदिपराज वन्त
गोरखा । आज प्रधानमन्त्री पुष्पकमल दाहालले जिल्लाको विभिन्न ३ वटा कार्यक्रममा सहभागीता जनाए । दिउसो १ः१५ बजे गोरखा सदरमुकाम आएका दाहालले पार्टी कार्यकता भेटघाट, सरकारी कर्मचारीलाई निर्देशन र गोरखा अस्पतालको स्वर्ण जयन्तीको उदघाट्न गरेका हुन् ।
बिहानै आउने भनिएता पनि कार्य ब्यस्तताका कारण ढिला गरी गोरखा सदरमुकाम आएका प्रधानमन्त्री दाहालले सुरुमा नै गोरखा नगरपालिका–६ को पाटेचौरमा रहेको माओावादी पार्टी कार्यालय पुगेका थिए ।
प्रधानमन्त्री दाहालले त्यहाँ जनता संग पार्टी अभियान अन्तरर्गत कार्यकताहरुलाई संबोधन गरेका थिए ।
त्यस लगत्तै गोरखा अस्पताल पुगेका प्रधानमन्त्री दाहालले सुरुमा नै गोरखा अस्पतालमा सञ्चालनमा आउन लागेको आईसियु कक्षको उदघाट्न गरेका थिए ।
उनले अस्पतालको बैठक कक्षमा नै जिल्लाका सुरक्षा निकाय तथा सरकारी कार्यलयका प्रमुखहरुलाई भेटेर निर्देशन समेत दिएका थिए ।
त्यस लगत्तै गोरखा अस्पतालको स्वर्ण जयन्तीको अवशरमा पानसमा बत्ती बालेर उदघाट्न गरेका थिए भने अस्पताल परिषर भित्र नै निर्माण भएको स्वर्ण स्तब्भ र पुस्तकको समेत अनावरण गरेका थिए ।
प्रधानमन्त्री दाहालले सो अवशरमा गोरखा अस्पतालका निबृत्त कर्मचारीलाई दोसल्लाह र प्रमाणपत्र दिएर सम्मान समेत गरेका थिए ।










