गोरखा । गोरखा अस्पतालमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अस्पतालको आज परेको स्वर्णजयन्तीको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
गोरखा अस्पतालको आयोजनामा भएको रक्तदान कार्यक्रममा २१ जनाले सहभागीता जनाएको अस्पतालका सूचना अधिकारी कृण्ण ढकालले जानकारी दिए । ढकालका अनुसार रक्तदान कार्यक्रम शुक्रबार बिहान ७ बजेदेखी १० बजे सम्म अस्पताल प्रङ्गणमा भएको थियो ।
संकलिक २१ पाउण रगत ब्लड बैंक गोरखामा पठाइएको अस्पतालले जनाएको छ । रक्तदानमा सहभागि सबैलाई अस्पतालले सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरेको थियो ।




