गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउसो गोरखा आउदैछन् । गोरखा सदरमुकाममा रहेको गोरखा अस्पतालका स्वर्ण जयन्तीमा सहभागी हुन प्रधानमन्त्री दाहाल गोरखा आउन लागेका हुन् ।
अस्पताल स्थापनाको ५० बर्ष प्रवेश गरेको उपलक्ष्यमा अस्पताल ब्यवस्थापन समितिले आयोजना गरेको ‘स्वर्ण जयन्ती–२०७९’ को उदघाट्न गर्न प्रधानमन्त्री दाहाल गोरखा आउन लागेका हुन् ।
प्रधानमन्त्री दाहाल दिउसो १ बजे राजधानीबाट हेली मार्फत गोरखा सदरमुकाम आउने कार्यक्रम तय भएको सुरक्षा निकायले जानकारी दिएको छ । उनी आउने भए पछि अहिले सदरमुकामको सुरक्षा ब्यवस्था कडा पारीएको छ ।
नेपाल प्रहरी र शसत्र प्रहरीलाई सुरक्षार्थ ब्यापक रुपमा परिचालन गरिएको छ ।


