गोरखा । नेपाली सेनाले ऐतिहासिक महत्वको गोरखा–जितगढी यात्रा तय गर्ने भएको छ । २७०.५ किलोमिटर दुरी रहेको उक्त यात्राको सुरुवात चेत्र २९ गते गोरखा सदरमुकामबाट हुने भएको हो ।
गोरखामा नेपाली सेनाको रिपुमर्दन गणले यात्राको सुरुवात गर्ने छ । गोरखा दरर्बारबाट सुरु भएको यात्रा छेवेटार हुदै सेरावेसी पछि तनहुको सिमानामा रहेको सतीघाट पुगेर तनहुँमा रहेको सेनालाई यात्राको जिम्मेवारी दिइने कार्यक्रम तय भएको छ ।
नेपाली सेनाको आयोजना गरेको यो यात्रालाई सम्वन्धीत स्थानीय तहहरुले सहयोग गर्ने लक्ष्य राखिएको छ । बैशाख ७ गते जितगढी पुगेर सकिने यात्रामा प्रत्येक जिल्लामा पुग्दा भब्य कार्यक्रम गरेर स्वागत र बिदाई गरिने कार्यक्रम पनि तय भएको नेपाली सेनाले जानकारी दिएको छ ।
पहिलो पटक हुन लागेको यो पदयात्रा अन्तरर्गत १ दिनको यात्रा पछि तनहुँ प्रवेश गर्ने तनहुँमा ३ दिनको यात्रा पछि पाल्पा प्रवेश गर्ने छ । पाल्पामा ४ दिनको यात्रा पछि मात्रै बैशाख ७ गते रुपन्देहीको नुवाकोटगढी हुदै जितगढीमा पुगेर समापन हुने छ ।
कार्यक्रम तालिका अनुसार चैत्र ३० गतेदेखी बैशाख २ गतेसम्म तनहुँको दमौली–थर्पु–रिसिङफाँट–भिरकोट हुदै घिरिङ पुग्ने छ । घिरिङ संग सिमाना जोडिएको पाल्पामा बैशाख ३ गतेदेखी ६ गतेसम्म केलादीघाट–बाकुमगढी–माथागढी–प्रवास हुदै तिनाउ पुग्ने नेपाली सेनाले जानकारी दिएको छ ।
बैशाख ६ गते साँझ नै तिनाउ पुगेको टोलीले रुपन्देहीको सेनालाई यात्रा जिम्मेवारी दिए पछि भने बैशाख ७ गते नुवाकोटगढी हुदै जितगढी पुगेर भब्य कार्यक्रम बिच समापन गरिने छ ।
यात्रामा ४८ जनाको सहभागिता हुने नेपाली सेनाले जानकारी दिएको छ । यो यात्राले गोरखादेखि जितगढीसम्म पर्यटन प्रर्वद्धनमा मद्धत पुग्ने अपेक्षा राखिएको छ ।
यात्राका क्रममा राजा पृथ्वीनारायण शाहाले तात्कालीन समयमा निर्माण गरेको पल्टनका सेनाहरुको सहभागी हुने छ ।
सेनाले यसअघि पृथ्वीनारायण शाहले नेपाल एकीकरणका बेला प्रयोग गरेको बाटोलाई पछ्याउदै गोरखा–धादिङ–नुवाकोट–काठमाण्डौँसम्मको पदयात्रालाई गर्दै आएको छ ।



