गोरखा । नियमित मर्मत संभारको लागि आज १ दिन मनकामना केबुल कार बन्द गरिएको छ । मनकामना दर्शन प्रालिले सूचना जारी गर्दै नियमित मर्मतको लागि १ दिन बन्द गरेको जनाएको हो ।
नेपालकै पहिलो केबुल कार चैत्र २२ गते बुधबार नियमित मर्मत संभारको लागि बन्द गरिएको नायब महाप्रबन्धक उज्वल शेरचनले बताए । उनका अनुसार बुधबार टावर नम्बर १२, १३ र १४ को मर्मत कार्य हुने छ । टावरमा रहेको बुस र वेरिङ फेर्ने तथा ग्रिजिङ गर्ने काम हुने छ ।
मनकामना दर्शन प्रालिले जारी गरेको सूचनामा ‘चैत्र २२ गते का दिन टावर मर्मत संभारको लागि एक दिन केबुल कार सेवा बन्द हुने’ भनिएको छ ।
सञ्चालक राजेशबावु श्रेष्ठका अनुसार नियमित मर्मत संभार अन्तरर्गत ति टावरहरुको मर्मत गर्न लागेकोले १ दिनका लागि बन्द गरिएको हो । बिहीबार बिहानैदेखी भने केबुल कार नियमित रुपमा संञ्चालनमा आउने पनि सञ्चालक श्रेष्ठले जानकारी दिए ।
बुधबार ‘केबुल कार बन्द हुदा श्रद्वालु भत्तजनमा पर्न जाने अुसविधाको लागि’ भने प्रशासनले क्षमा प्रार्थी छौ’ भनेको छ ।




















