गोरखा । गोरखा प्रहरीले लागूऔषध सहित २ जना युवालाई पक्राउ गरेको छ । प्रहरीले गाँजा र डाईजेपाम सहित २ जनालाई पक्राउ गरेका जनाएको हो ।
पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–२ बारपाक घर भएका ३३ बर्षिय प्रसी घले र गोरखा नगरपालिका–१३ रामशाह टोलका २८ बर्षिय सुर्यमान गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एबं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
प्रहरीले घलेलाई उनकै घरमा लुकाई राखेको ४५० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो भने गुरुङलाई गोरखा नगरपालिका–१२ को सिमलगैरीबाट डाईजेपाम–१६, नुरर्फिन–१६ र फेनारर्गन–१६ थान गरी जम्मा ४८ थान सहित पक्राउ गरिएको हो ।
दुवै जनालाई प्रहरीले १९ गते आईतबार पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेको घलेलाई गोरखा जिल्ला अदालतबाट १० दिनको र गुरुङलाइ ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।


