गोरखा । नियमित मर्मत संभारको लागि बुधकार मनकामना केबुल कार बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै मर्मतको लागि १ दिन बन्द गर्न लागेको जनाएको हो ।
नेपालकै पहिलो केबुल कार चैत्र २२ गते बुधबार नियमित मर्मत संभारको लागि बन्द गर्न लागेको केबुल कार प्रशासनले जनाएको छ । जारी सूचनामा ‘चैत्र २२ गते का दिन टावर मर्मत संभारको लागि एक दिन केबुल कार सेवा बन्द हुने’ भनिएको छ ।
सञ्चालक राजेशबावु श्रेष्ठका अनुसार नियमित मर्मत संभार अन्तरर्गत केही टावरको मर्मत गर्न लागेकोले १ दिनका लागि बन्द गर्न लागिएको हो । बिहीबार बिहानैदेखी भने केबुल कार नियमित रुपमा संञ्चालनमा आउने पनि सञ्चालक श्रेष्ठले जानकारी दिए ।
बुधबार ‘केबुल कार बन्द हुदा श्रद्वालु भत्तजनमा पर्न जाने अुसविधाको लागि’ भने प्रशासनले क्षमा प्रार्थी छौ’ भनेको छ ।



