एसईई परिक्षाकाे अनुगमन गर्दै प्रजिअ दिनेशसागर भूषाल
गोरखा । आजदेखी सुरु भएको एसईई परिक्षा अन्तरर्गत गोरखामा २३ केन्द्रबाट करिब ४ हजार जना बिद्यार्थीहरुले परिक्षा दिएका छन् । ८२ जना प्राविधिक र १४ जना ग्रेड बृद्वि सहितका कुल ३ हजार ८४४ जना बिद्यार्थी मध्ये ३ हजार ८२० जना बिद्यार्थीहरुले मात्र परिक्षा दिएको शिक्षा बिकास तथा समन्वय इकाई गोरखाका प्रमुख सुवास आचार्यले जानकारी दिए ।
यो बर्ष गोरखा जिल्लाबाट एसईई परिक्षा दिनेहरुमा छात्रा तर्फ २ हजार १३ जना र छात्र तर्फ १ हजार ८०७ जना रहेका छन् । शुक्रबार पहिलो दिन भएको अग्रेजी परिक्षा सबै केन्द्रमा शान्ति पूर्ण रुपमा सम्पन्न भएको र सबै केन्द्रको उत्तर पुस्तिका नजिकको प्रहरी कार्यालयमा सुरक्षित रुपमा पुगि सकेको पनि इकाईका प्रमुख आचार्यले जानकारी दिए ।
गत बर्षको तुलनामा यो बर्ष करिब ११ प्रतिशत कम बिद्यार्थी भएका कारण परिक्षा केन्द्र घटाएर परिक्षा सञ्चालन गरिएको हो । एसईई परिक्षा दिने बिद्यार्थीहरुको संख्यामा कमी आएको भन्दै यो बर्ष गोरखा नगरपालिकाको नवज्योति मावि र शहिद लखनको शहिद स्मृती माविको परिक्षा केन्द्र बन्द गरिएको प्रमुख आचार्यले बताए ।
यो बर्ष जिल्लामा सबैभन्दा धेरै आरुघाटको भीमोदय माविमा ३५५ जना र सबैभन्दा कम मनकामनाको मनकामना माविमा ८५ जना बिद्यार्थीहरु मध्ये भीमोदयमा ३५२ र मनकामनामा ८५ बिद्यार्थीहरुले परिक्षा दिएको शिक्षा बिकास तथा समन्वय इकाईले जानकारी दिएको छ ।
इकाईले दिएको जानकारी अनुसार गोरखा नगरपालिकाको ७ केन्द्रमा १ हजार ३१ बिद्यार्थी मध्ये १ हजार २३ जना, पालुङटार नगरपालिकामा रहेको २ केन्द्रमा ५२२ जना मध्ये ५१९ जना, अजिरकोटमा रहेको १ केन्द्रमा १९० जना मध्ये १८७ जना र आरुघाटको १ केन्द्रमा ३५५ जना मध्ये ३५२ जनाले परिक्षा दिएका छन् ।
त्यस्तै गरी, गण्डकी गाउँपालिकाको २ परिक्षा केन्द्रमा २४५ जना मध्ये २४४ जनाले, धार्चेको १ परिक्षा केन्द्रमा २१४ जना मध्ये २१२ जनाले, बारपाक सुलिकोटको २ परिक्षा केन्द्रमा २८३ मध्ये २८१ जनाले, भीमसेन थापा गाउँपालिकाको ३ परिक्षा केन्द्रमा ४२२ जना मध्ये ४२१ जनाले, शहिद लखन गाउँपालिकाको २ परिक्षा केन्द्रमा २६० जना मध्ये २५९ जनाले र सिरानचोकको २ परिक्षा केन्द्रमा ३२२ जना मध्ये सबैले परिक्षा दिएको पनि इकाईले जनाएको छ ।




