उत्तरी गाेरखाकाे छेकम्पारमा रहेकाे राजेन गुम्बा
गोरखा । उत्तरी गोरखामा भीरबाट खसेको ढङ्गाले लागेर राजेन गुम्बामा बस्ने आनी घाईते भएकी छिन । घाईते आनीको हेलि मार्फत राजधानी लाने तयारी भईरहेको प्रमुख जिल्ला अधिकारी सा दिनेशसागर भूषालले जानकारी दिए ।
बिहीबार चुमनुब्री गाउँपालिका –७ को चौरी खर्कबाट खसेको ढुङ्गा लागेर गुम्बाकी ६० बर्षिया पेमा छिरिङ लामा घाईते भएकी थिईन ।
दिउसो सिर्दिबासबाट छेकम्पार तर्फ जादै गरेकी लामालाई बिहान ९ः४५ बजे भीरबाट खसेको ढुङ्गाले लागेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । ढुङ्गाले लागेकी आनीको बाँयाँ हात भाँचिएको छ ।
उनलाई हेली मार्फत उद्वारको प्रयास भई रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । उद्वारका लागि गृह मन्त्रालयमा पत्राचार भई सकेको र मनाङ्ग एयर मार्फत उद्वार गरी राजधानी लगिन लागेको प्रजिअ भुषाले बताए ।
सो क्षेत्रमा सडक सञ्जाल र राम्रो स्वास्थ्य केन्द्र नहुदा सामान्य उपचारको लागि समेत हेलीलाई कुर्नु र राजधानी लानुको बिकल्प छैन ।


