काठमाडौं । केहि हप्ता अघि सार्वजनिक गरिएको ‘नौडाँडा पारी २’ बोलको म्युजिक भिडियोको चर्चा पश्चात संगीतकार टिका दहालले अर्को नयाँ म्युजिक भिडियो ‘हेरेको तिमीलाई’ सार्वजनिक गरेका छन् ।
प्रेमिल शैलीको यस गीतमा लोकप्रिय गायिका मिलन नेवारको सुमधुर स्वर सुन्न सकिन्छ । युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने राहुल प्रधानको संगीत संयोजन रहेको छ ।
भिडियोमा गायिका एवम मोडल सिम्पल खरेल र मोडल कुन्साङ बोम्जनलाई रोमाण्टिक मुडमा देख्न सकिन्छ ।
उत्तम हुमागाईले छायाँकन गरेको यस भिडियोलाई हरि हुमागाईले सम्पादन गरेका हुन् । सिम्पल खरेलको निर्देशनमा तयार पारिएको भिडियो संगीतकार दहालको युट्युव च्यानल ‘टिका दहाल म्युजिक’ मार्फत सार्वजनिक भएको हो ।




















