गोरखा । बन मुद्वामा कैद सजाय तोकिएका फरार अभियुत्तलाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पालुङटार नगरपालिका–१० मिरकोटका २५ बर्षिय मदन लामा भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
पक्राउ परेका लामालाई गोरखा जिल्ला अदालतले २२ दिन कैद सजाय हुने फैसला गरे पछि फरार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीको टोलीले चैत्र १४ गते अर्थात मंलगबार पक्राउ गरेको हो ।
लामालाई मंगलबार नै गोरखा अदालत पेश गरिएकोमा कैद भुक्तानका लागि गोरखा कारागार चलन गरेको प्रहरीले जानकारी दिएको छ ।


