गोरखा । गोरखा प्रहरीलाई हातपात गरेको अभियोगमा प्रहरीले छेवेटार बजारबाट २ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएकाहरुमा गोरखा नगरपालिका–१० छेवेटार बजार बस्नेत ३६ बर्षिय रणबहादुर थापा र धादिङ जिल्ला सिद्वलेख गाउँपालिका–४ घर भई गोरखा नगरपालिका–१० छेवेटारमा बस्दै आएका २९ बर्षिय सुब्बा मगर पक्राउ परेको हो ।
उनीहरुले गएको सोमबार राती ८ः३० बजेको समयमा टक्सारमा हो–हल्ला तथा अशान्ति मच्चाएई रहेको बेला प्रहरीले सम्झाउने क्रममा उल्टै प्रहरी माथि जाइलागी कुटपिट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
पक्राउ परेको थापा र मगरलाई मंगलबार नै जिल्ला प्रसशान कार्यालयमा सार्वजनिक शान्ति विरुद्वको कसूर शिर्षकमा मुद्वा दर्ता गरी १० दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


