गोरखा । लियो जिल्ला परिषद ३२५ जे नेपालको सचिवमा गोरखाका बालकृष्ण परियार मनोनित भएका छन् ।
काठमाडौंमा भएको लियो जिल्ला परिषद ३२५ जे को पहिलो जिल्ला सम्मेलन तथा अधिबेशनमा परियारलाई सचिवमा मनोनित गरेको हो ।
परियार लियो क्लव अफ गोरखाका अध्यक्ष हुन् । गोरखासहित १२ वटा जिल्ला रहेको त्यस जिल्ला परिषद ३४ वटा क्लव सम्लग्न रहेको छ ।
सम्मेलनबाट जिल्ला परिषदको अध्यक्षमा बिष्णुप्रसाद दाहाल निर्वाचित भएका छन् । उनले नै परियारलाई सचिवमा मनोनित गरेका हुन ।


