गोरखा । भिमसेनथापा गाउँपालिका–६ को वडा कार्यालय भवनको आज शिलान्यास गरिएको छ । महिला भवनबाट सेवा दिदैं आएकोमा वडा कार्यालयको भवनको एक कार्यक्रम बिच पालिका अध्यक्ष लोकप्रसाद बन्जाराले गरेका थिए ।
सोमबार पालिका अध्यक्ष बञ्जाराले वडा कार्यालय भवनको शिलान्यास गर्दै आफ्नै भवन नहुदा सेवाग्राहीलाई सेवा दिदाँ समस्या भएको भन्दै नयाँ भवनबाट सेवाग्राहीलाई चुस्त दुरुस्त सेवा दिन सहज हुने बताए ।
वडाध्यक्ष रञ्जन रिमाल वडा कार्यालयको नयाँ भवन बन्न लागेकोमा खुशी हुदै अब भने वडाबासीहरुलाई सहज सेवा दिन सकिने बताए । नयाँ बन्न लागेको कार्यालयमा ६ कोठा हुने वडाध्यक्ष रिमालले जानकारी दिए ।
८८ लाख ६२ हजार ५४५ रुपैयाँ ३७ पैसामा बन्ने भवन शिव इन्जिनियरिङ प्रालिले ठेक्का पाएको गाउँपालिकाले जनाएको छ । भवन चालु आर्थिक बर्ष २०७९–०८० सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
शिलान्यस कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अमृतादेवी वस्ती, प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारी, वडाध्यक्ष रिमाल तथा सर्व साधारणको उपस्थिती रहेको थियो ।


