गोरखा । लायन्स क्लब अफ गोरखा दरौदीले आज १ माविलाई स्टेशनरी सामाग्री उपलब्ध गराएको छ ।
क्लबले पालुङटार नगरपलिका–९ स्थित त्रिबेणी माध्यमिक विद्यालयलाई सोमबार स्टेशनरी साम्रगी उपलब्ध गराएको हो ।
क्लबले त्रिबेणी माविलाई १ थान ल्यापटपसहित स्टेशनरी सामग्री सहयोग प्रदान गरेको अध्यक्ष रमेश विष्टले जानकारी दिए । उनका अनुसार स्टेशनरी सामग्री भने ५ हजार रुपैयाँ बराबरको कापी विद्यलयलाई प्रदान गरिएको छ ।
पूर्वप्राथमिक तहका विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस भन्ने उद्वेश्यका साथ सामग्री उपलब्ध गराएको क्लबले जनाएको छ ।
स्कुलका लागि उपलब्ध गराईएको सामाग्री एक कार्यक्रमका बिच नगरपालिकाका मेयर विवश चिन्तनले विध्यालयका प्रध्यानध्यापक गणेश सेडाईलाई हस्तान्तरण गरेका थिए ।


