साँकेतिक तस्बिर
गोरखा । कर्तब्य ज्यान मुद्वामा दोषि ठहरीएका गोरखाका १ जना महिलालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
गोरखा जिल्ला अदालतबाट कैद सजाय ताकिएका भीमसेन थापा गाउँपालिका–८ बोर्लाङ घर भएकी हिरादेवी श्रेष्ठलाई गोरखा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेका अनुसार अदालतले कर्तब्य ज्यान मुद्वामा दोषि ठ्याएर ५ महिना १३ दिन कैद फैसला भए लगत्तै फरार रहेकी उनलाई पक्राउ गर्न सफल भएको हो ।
श्रेष्ठलाई प्रहरीले चैत्र १२ गते अर्थात आइतबार पक्राउ गरी गोरखा अदालत पेश गरेको थियो । अदालतले सोही दिन नै कैद भुक्तानका लागि गोरखा कारागार चलान गरेको पनि जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।



