गोरखा । खोप्लाङ्गे समाज गोरखाको बनभोज कार्यक्रम सम्पन्न भएको छ । खोप्लाङ घर भएर गोरखा बजारआई बसेका उनीहरु बिच भेटघाट तथा बनभोज कार्यक्रम सम्पन्न गरेको समाजका सचिव अर्जुनकुमार श्रेष्ठले जानकारी दिए ।
विभिन्न पेशामा आबद्व भएर गोरखा बजार आएर बसेका २९ घर परिवारहरु समाजमा आवद्व रहेको अध्यक्ष सानुकाजी श्रेठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार ०७५ सालमा स्थापना भएको समाजले बर्षेनी भेटघाट तथा बनभोज कार्यक्रम मार्फत समास्याको पहिचान गर्ने र आगामी दिनमा गनुपर्ने कार्यका बिषयमा छलफल हुने गरेको छ ।
समाजले स्थापनादेखी नै प्रतिघर परिवार ५०० रुपैयाको दरले बचत गर्ने गरेको छ । समाजको हालसम्म ८ लाख २० हजार बचत संकलन गरेको समाजका सदस्यहरुलाई ७ लाख ८० हजार ऋण प्रवाह गरेको पनि सचिव श्रेष्ठले जनाकारी दिए ।
गोरखा नगरपालिका–५ को नामरुङ थानमा गरिएको भेटघाट तथा बनभोज कार्यक्रममा १०० जना सहभागी भएको समाजले जनाएको छ ।


