गोरखा । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा सदरमुकाममा रहेको गोरखाकाली र गोरखनाथको विशेष पुजा गरेका छन् । उनले आइतबार नै सदरमुकामको ठुलो आगँनमा रहेको राजा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण समेत गरेका छन् ।
बिहान ९ः३० बजे गोरखा आएका राष्ट्रपति पौडेलले सुरुमा नै गोरखाकालीको विशेष पुजा सम्पन्न गरेर गोरखनाथको पुजा गरेका थिए । दुवै पुजामा गोरखा दरर्बारका मुल पुजारी सारदाप्रसाद भट्टराईले बिधि पूर्वक पुजा गराएका थिए ।
त्यस लगत्तै सदरमुकामकै ठुलो आँगनमा गोरखा नगरपालिकाले हालै निर्माण सम्पन्न गरेको राजा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका थिए ।
पाैडेलले गाेरखाकाली, गाेरखनाथमा पुजा गर्दा सर्व साधारणलाई पनि खुल्ला गरिएकाे थियाे भने सालिकमा माल्यार्पण गर्दा पनि सवारी आवागमनमा कुनै राेक लगाईएकाे थिएन ।
राष्ट्रपति पौडेलले आइतबार नै गोरखा स्रग्रलाय परिषरमा केही सर्व साधारणहरुलाई भेटघाट गरेका थिए ।
नेपाली सेनाकाे हेलिमार्फत गाेरखा आएका उनी आजै दिउसाे राजधानी फर्किएका छन् ।
गाेरखाका सञ्चारकर्मीहरु राष्ट्रपति रामचन्द्र पौडेलकाे पर्खाइमा
राष्ट्रपति रामचन्द्र पौडेल गाेरखा दरर्बारमा सर्व साधारण संग कुराकानी गर्दै
राष्ट्रपति रामचन्द्र पौडेल गाेरखा दरर्बारमा परिषर भित्र रहेकाे गाेरखनाथकाे पुजा गर्न जादै
राष्ट्रपति रामचन्द्र पौडेल गाेरखा सदरमुकाममा रहेकाे राजा पृथ्वीनारायण शाहकाे सालिकमा माल्यार्पण गर्दै
राष्ट्रपति रामचन्द्र पौडेल उनका श्रीमती सालिकमा माल्यार्पण पछी तस्बिर खिचाउदै
तस्बिर -कैलासबावु श्रेष्ठ












