फाईल तस्बिर
गोरखा । राष्ट्रपति रामचन्द्र पौडेल आज गोरखा सदरमुकाममा आउने कार्यक्रम तय भएको छ । उनले आज गोरखा सदरमुकाममा रहेको गोरखकाली मन्दिरमा विशेष पुजा गरेर ठुलो आगँनमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्र्यापण र पुराना नेपाली काँग्रेसका कार्यकताहरुलाई भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
प्रेस सल्लाहाकार खिला कार्कीले दिएको जानकारी अनुसार बिहान ९ः३० बजे नेपाली सेनाको हेली मार्फत राष्ट्रपति पौडेल पहिला गोरखा दरर्बार परिषरमा रहेको गोरखाकाली मन्दिरको विशेष पुजा हुने छ ।
त्यस लगत्तै ठुलो आगँनमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्र्यापण गरिने कार्यक्रम रहेको र अन्तमा भेटघाट कार्यक्रम रहेको पनि कार्कीले जानकारी दिए ।
राष्ट्रपति पौडेल गोरखामा २ घण्टा बसेर खाना खाएर राजधानी फर्कने कार्यक्रम रहेको पनि उनको सचिवालयले जनाएको छ ।




















