सुरेश भट्ट आश्रिन-दोहा-कतार । गोरखा सेवा समाज कतारको १२ औं साधारण सभा सम्पन्न भएको छ । दोहाको सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाका प्रमुख अतिथी मानव सेवा आश्रम नेपालका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले कार्यक्रमको उद्घाटन गदैै मानवता प्रवर्धन, नेतृत्व क्षमता विकास तथा आमा सेमिनार कार्यक्रम सञ्चालन गरेका थिए ।
अधिकारीले अबको २ बर्ष भित्रमा नेपालका सडकमा कोहीपनी मानव बेसहारा बन्न नपर्नेगरी मानव सेवा आश्रमले काम गरिरहेको बताए ।
साधारणसभामा ११औँ कार्यकालको कार्यप्रगति विवरण प्रस्तुत गर्दै समाजका बरिष्ठ उपाध्यक्ष ओम गुरूङले झण्डै ३८ हजार कतारी रियाल अर्थात करिब १३ लाख ३० हजार बरावरको नेपाली रुपैयाँ समाज हितमा खर्च भएको जानकारी दिएका थिए ।
साधरणसभाले ओमराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमितिको समेत निर्माण गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा विमल न्यौपाने, उपाध्यक्षमा विकास श्रेष्ठ र सुजन धिताल, महासचिवमा अर्जुन सङ्ग्रौला, सचिवमा रुद्र भट्ट र कोषाध्यक्षमा राजेन्द्र पराजुली चयन गरेको छ ।
साधारण सभाले पालिका स्तरको पनि संयोजकको जिम्मेवारी तोकेको छ । जस अनुसार गोरखा नगरपालिका संयोजकमा उत्तम श्रेष्ठ, पालुङटार नगरपालिका संयोजकमा(अशोक श्रेष्ठ, सिरानचोक गॉउपालीकाको संयोजकमा सूर्यबहादुर गुरुङ, अजिरकोट गॉउपालीका संयोजकमा रविन गुरुङ र आरुघाट गॉउपालीका संयोजकमा चन्द्र नेपालीलाई जिम्मेवारी दिएको छ ।
सोही सभाले सदस्यहरूमा दिनेश थापा, चित्र बहादुर थापा, इन्द्र बहादुर नेपालीलाइ चयन गरेका छ ।
कार्यक्रममा दोहामा रहेका विभिन्न सामाजिक संस्थाहरूको उपस्थित रहेका थियो ।


