गोरखा । अमेरिकाको टेक्सासमा निधन भएका गोरखाको शहीद लखन गाउँपालिका–९ नाम्जुङ स्थायी घर भएका कृष्णबहादुर लामिछानेका बुबा रामप्रसाद लामिछानेले छोराको अन्तिम संस्कारमा सहभागी हुने इच्छा व्यक्त गरका छन् ।
उनले गोरखा समाज अमेरिका, नेपाली कम्युनिटी अमेरिका, एनआरएन च्याप्टर टेक्सास र नेपाली समाज टेक्सासलाई सम्बोधन गर्दै छोराको अन्तिम पटक आफूले मुख हेर्न चाहेको उल्लेख गरेका हुन ।

उनले लेखेको पत्रमा बाबुको नाताले छोराको पार्थिव शरीर हेर्ने चाहना भएकाले अन्तिम संस्कारको काम केही समय स्थगित गर्न अनुरोध गरेको छ ।
स्वर्गीय कृष्णप्रसाद लामिछानेको अन्तिम संस्कार शनिबार विहान ११ बजेका लागि तय भएको छ ।
स्व.लामिछानेको अन्तिम श्रद्धाञ्जली शनिबार विहान ११ बजेदेखि १ बजेसम्म ह्यजुेस फेमिली ट्राइब्यूट सेन्टरमा हुने नेपाली समाज टेक्सासले सामाजिक सञ्जालमा हालेको सूचनामा उल्लेख गरिएको छ ।
समाजसेवी लामिछानेको यही मार्च २३ अर्थात चैत्र ९ गतेका दिन अमेरिकाको टेक्सास स्थित आफ्नै घर मृत्त अवस्थामा फेला परेका थिए ।




















