गोरखा । साना साना बालबालिकाहरुलाई बैंक संग सम्वन्ध बढाउने उद्वेश्यका साथ एभरेष्ट बैंक गोरखा शाखाले वित्तिय साक्षरता सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
गोरखा नगरपालिका–७ मा रहेको मनकामना बोर्डिङका कक्षा १० का बिद्यार्थीहरुलाई विश्वब्यापी मुद्रा सप्ताहको अवसर पारेर शुक्रबार बैंकले वित्तिय साक्षरता सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।
सहभागी बिद्यार्थीहरुलाई बैंकका कर्मचारी समिक्षा भण्डारीले बैकीङ कारोबार सम्वन्धी जानकारी दिएको एभरेष्ट बैंक गोरखा शाखाले जानकारी दिएको छ ।
अभिमुखीकरण कार्यक्रममा शाखा प्रमुख सन्दिप खत्री सहित बैंकका विभिन्न तहका कर्मचारीहरु तथा विद्यालयका शिक्षक तथा कर्मचारी र सञ्चालकहरुको उपस्थिती रहेको थियो ।




















