गोरखा । पछिल्लो ८ महिनामा गोरखा जिल्लाको सबै स्थानिय तहमा गरी ११५ जना क्षयरोगका बिरामी फेला परेका छन् । आज परेको विश्व क्षयरोग दिवसको अवशरमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय गोरखाले जिल्लाको ११ स्थानिय तहमा हालसम्म ११५ जना क्षयरोगका बिरामी फेला परेको जानकारी दिएको हो ।
कार्यालयले शुक्रबार जिल्ला क्रियाशिल पत्रकारहरु संग अन्तरक्रिया गर्दै लक्ष्य अनुसारको परिक्षण हुन नपाउदा पनि साउनदेखी फाल्गुण महिनासम्म ११५ जनामा क्षयरोग (टिवी) रोग देखिएको निमित्त स्वास्थ्य प्रमुख नरजंङ ठकुरीले जानकारी दिए ।
अघिल्लो आर्थिक बर्ष ०७८÷०७९ मा ५५० जना संक्रमणका बिरामी हुने प्रक्षेपण गरेको भएता पनि २१६ जना मात्र फेला परेको अन्तरक्रिया कार्यक्रममा प्रमुख ठकुरीले जानकारी दिएका थिए ।
यो आर्थिक बर्षमा पनि सोही अनुसारको संक्रमण भएका बिरामी फेला पारिने प्रक्षेपण गरिएको भएता पनि फाल्गुण महिनासम्ममा केबल ११५ जना बिरामी मात्र फेला परेको कार्यालयका महामारी रोगका फोकल पर्सन नारायणबावु अर्यालले जानकारी दिए ।
उनका अनुसार फाल्गुणसम्ममा खकार जाँचका क्रममा क्षयरोग देखिएका (पिबिसी) २१ जना महिला र ४५ जना पुरुष, खकार जाँच गराउदा क्षयरोग नदेखिएका (पिसिडी) १३ जना महिला र १० जना पुरुष र फोक्सोभन्दा बाहिर क्षयरोग देखिएका १० जना महिला र १६ जना पुरुष गरी ११५ जनामा संक्रमण देखिएको हो ।
संक्रमण भएकाहरु मध्ये नै १४ बर्षसम्मका २ जना बालिका र ३ जना बालकलाई समेत संक्रमण देखिएको कार्यालयको तथ्यांकमा देखिन्छ । जिल्लामा क्षयरोग देखिएका मध्ये ९०.४ प्रतिशत मानिस पूर्ण रुपमा निको भएको पनि तथ्यांकमा उल्लेख गरिएको छ ।
कार्यालयले उपलब्ध गराएको पालिका अनुसारको संक्रमित संख्या



