गोरखा । गोरखाको नामजुङ घर भएका कृष्णबहादुर लामिछानेको अमेरिकामा मृत्यु भएको छ ।
शहीद लखन गाउँपालिका–९ स्थित नाम्जुङ् स्थायी घर भएका अमेरिकाको टेक्सस नेपाली समाजका पूर्व अध्यक्ष लामिछाने टेक्सस स्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका हो ।
मृत्युको कारण पत्ता लगाउन लामिछानेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि अस्पताल लगेको त्यहाँ रहेका एक नेपालीले जानकारी दिए ।
लामिछाने पछिल्लो पटक एनआरएनए अमेरिकाको अध्यक्षका लागि भएको चुनावमा पराजित भएक थिए ।
टेक्ससमा व्यवसाय गर्दै आएका उनी सक्रिय सामाजिक अभियन्ताको रुपमा परिचित थिए । लामिछानेको मृत्युले टेक्ससको नेपाली समाजलाई अपूरणीय क्षति भएको नेपाली समाजले जनाएको छ ।




















