गोरखा । गोरखा प्रहरीले पछिल्लो ३ महिनामा नागरिकलाई दिएको सेवाका बारेमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिको सभा हलमा भएको नागरिक सुनुवाई कार्यक्रममा विभिन्न क्षेत्रका मानिसहरुको सहभागिता रहेको थियो ।
जिल्ला प्रहरी कार्यालय गोरखाको आयोजना तथा सामुदायिक सेवा केन्द्र गोरखाको समन्वय र सहजिकरण भएको उक्त कार्यक्रममा सहभागिहरुले प्रहरीले दिएको सेवाका बारेमा प्रसंशा गर्दै उद्वेश्य अनुसारको काममा अझै लगिनसिल हुन सुझाव दिएको छ ।
छलफलमा सहभागी भएका नेकपा एमालेका सचिव काजीराम रोक्काले गो।रखा नगरपालिकाले फुटपाथ ब्यस्थित नगर्दा निर्माण सामाग्रीदेखी सवारी साधानसम्म पनि फुटपाथमा नै पार्किङ हुदा पैदल यात्री समस्या परेको गुनासो ब्यत्त गरे । उनले जिल्लामा आत्माहत्याको संख्या दिन प्रति दिन बढेको प्रति ईगिंत गर्दै सचेतना कार्यक्रम वा परामर्शदाताबाट काम गराएको खण्डमा न्यूनिकरण हुने आशा ब्यक्त गरे ।
नेकपा माओवादी प्रदेश कमिटीका सदस्य धुव भट्टले केही दिन अगाडी गोरखा सदरमुकाममा भएको सवारी दुर्घटनाको उदाहरण दिदै सवारी चालकको अनुमती पत्र संगै सवारीको प्राविधिक जाँचको पनि आवश्यक भएकोले त्यस तर्फ ध्यान दिन जिल्ला प्रहरी कार्यालयलाई आग्रह गरे । उनले लोकतान्त्रिक चोक हुदै ध्याम्पेशाल बर्सपाकबाट गोरखा अस्पतालसम्म पुग्ने सडक मार्ग सागुरो भएको र मानिस र सवारी एउटै ठाउँबाट हिड्नु पर्दा ज्यानको बाजी राखेर हिड्नु परेको भन्दै उक्त मार्गलाइ तत्कालै एकतर्फी गराउने तर्फ प्रहरीले कदम चाल्नु पर्ने बताए ।
कार्यक्रममा भट्टले जिल्लाको धेरै जसो सडक स्तरोउन्नती भई सकेको अवस्थामा पनि सवारी साधनले कच्ची सडककै भाडाँ उठाएको भन्दै त्यसको तत्काल समाधान गर्न सुझाव दिए ।
छलफलमा सहभागी भएका राप्रपाका अध्यक्ष कुलबहादुर बस्नेतले उत्तरी गोरखाबाट सुन तस्करी हुने गरेको भन्दै अन्तराष्ट्रिय नाका तर्फ पनि सुरक्षामा विशेष ध्यान पुरर्याउन सुझाव दिए । उनले सवारी साधन चलाउनेले मादक पदार्थ सेवन गरेर चलाउने गरेको गुनासो गर्दै मापेसे चेकिङलाई सक्रिय पार्न आग्रह गरे ।
उता राप्रपाका सचिव रमेशरमण खनालले विगतमा जस्तै अहिले पनि अपराधीहरुलाई उन्मुक्ती दिने गरी प्रहरीमा विभिन्न दल तथा मानिसहरुले दवाव दिदा पिडितले न्याय पाउन नसकेको बताए । उनले प्रहरीले काम गरेन भन्दै गर्दा हामीले हाम्रो कतब्र्य पुरा गर्यौ किन गर्यौ नै भन्ने तर्फ पनि ध्यान दिन आग्रह गरे ।
सहभागीहरु धेरै जसोले जिल्लाको मुख्य मुख्य बजार क्षेत्रमा चोरीको घटना बढेको तर्फ ईशारा गर्दै अनुसन्धानका कुरा बाहिर नआउदा प्रहरीले कामै नगरेको जस्तौ देखिएको गुनासो गरेका थिए ।
मानव अधिकार सञ्जालका अध्यक्ष यदु अधिकारीले बजार क्षेत्रमा युवाहरुले मोटरसाईकल तिब्र गतिमा गुडाउदा जेष्ठ नागरिक र बिद्यालय आउजाउ गर्ने बिद्यार्थी प्रभावित भएको बताए । उनले बजार क्षेत्रको पेटीमा पनि पार्किङ गरिदा पैदल यात्रामा समस्या भएको गुनासो राखे ।
गोरखा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष भगवानबाव मास्केले बजार क्षेत्रका बैंक तथा पसलहरुमा चोरी घएको घटनाको स्मरण गराउदै बोर्लाङको सहकारीमा भएको चोरीको घटनाको अनुसन्धान कहाँ पुगेको छ भनेर प्रश्न गरेका थिए । उनले बिसौनी मोडका पेटी ब्यवस्थित हुन नसक्दा केही दिन अगाडी भएको सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या धेरै भएको बताए ।
मास्केले केही समय यता ट्राफिक प्रहरीले सवारी जाँच गर्ने बहानामा मोडहरुमा सवारी जाँच गरेकोले कुनै पनि बेला ठुलो दुर्घटना हुन सक्ने तर्फ संकेत गर्दै अबदेखी सिधा बाटोमा मात्र सवारी जाँच गर्ने ब्यवस्था मिलाउन आग्रह गरे ।
यता नेपाल पत्रकार महासंघ गोरखा अध्यक्ष नरहरी सापकोटाले गोरखा बजार क्षेत्रको सिसिटिभी क्यामेराको संरक्षण नभएको भन्दै घटना पछि फुटेज हेर्न जादा क्यामेरा बिग्रीएको जानकारी दिने गरेको भन्दै बोर्लाङको सहकारी चोरीमा संलग्नहरुको अनुसन्धान बाहिर नआउदा सहकारीमा पैसा राख्नेभन्दा निकाल्नेको संख्या धेरै हुन थालेको बताए ।
उनले बजार क्षेत्रको फुटपाथ अतिक्रमण भएको तथा गोरखा बजारदेखी आँबुखैरेनीसम्मको सडक मार्गमा सडक खनेर खाल्डाखुल्डी पारेर त्यसै छाडीदिदा दुर्घटना हुन थालेको भन्दै बेलैमा सम्वन्धीत निकायलाई काम लगाएर सम्पन्न गर्न तर्फ ध्यान दिन सुझाव दिए ।
कार्यक्रममा जेष्ठ नागरिक संघका अध्यक्ष मोहनलाल श्रेष्ठले कानूनले जेष्ठ नागरिकलाई यातायातमा ५० प्रतिशत छुट दिएको भएता पनि त्यस्तो छुट पाउन गारो भएको बताए ।
उता गोरखा दरौदी यातायात सेवा प्रालिका अध्यक्ष नारायण खत्रीले पछिल्लो समय सवारी चालकहरुले गाँजा खाएर सवारी चलाउने गरेको प्रहरीलाई भन्दै चेक जाँच क्रममा गाँजा सेवन गरेको नगरेका पनि चेक जाँच गर्न अनुरोध गरे ।
उनले बसपार्क नहुदा यातायाता ब्यवसायीहरुले समस्या भोगेको भन्दै खोलखोलेदेखी बजार क्षेत्रसम्म निजि जमिनमा भाडा तिरेर सवारी पार्किङ गनुपरको गुनासो गर्दै समाधानको लागि पहल गरिदिन पनि आग्रह गरे ।
गोरखा नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष रहमतुल्ला मियाँले सामुदायिक सेवा केन्द्र पालिका र वडा स्तरमा पनि विस्तार गर्न अनुरोध गर्दै पाठ्यक्रममा समेत समुदाय साझेदारी कार्यक्रमको बिषय बस्तु समेटेर लान सुझाव दिए ।
हालै स्ववियु निर्वाचन निर्वाचित गोरखा क्याम्पसका स्ववियु सभापति विण्णु पाण्डेले सवारी साधनले विद्यार्थीहरुलाई यात्रा गराउन नमान्दा ढाटेर यात्रा गनुपर्ने बाध्यता आएको भन्दै विद्यार्थी परिचय पत्र देखाउदा पनि यात्राका क्रममा छुटदिन आनाकानी गर्ने गरेको गुनासो राखे ।
सहभागी मध्ये ईश्वर श्रेष्ठले गोरखा नगरपालिका–७ को हिलेपोखरीमा बन्दै गरेको नयाँ बसपार्कका बारेमा र बालमन्दिरका प्रअ शिवलाल थापाले बिदाको समयमा बिद्यार्थीहरु सडकमा नै फुटबल र क्रिकेट खेल्ने गरेको भन्दै अभिभावक मार्फत सचेतना कार्यक्रम गरिदिन आग्रह गरे ।
सामुदायिक सेवा केन्द्र गोरखाका अध्इक्ष रामहरी केसीको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथी रहेका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले संस्थागत हितका लागि नागरिक सुनुवाई कार्यक्रम निकै फलदायी भएको भन्दै सबैले यसको अनुसरण गर्न आग्रह गरे ।
प्रजिअ भूषालले पछिल्लो ३ महिनामा ट्राफिक प्रहरीले सवारीबाट राजश्व हेर्दा डरलाग्दो भएको भन्दै सवारी धनी र सवारी चालकलाई सचेत गराउन आवश्यक रहेको सुझाव दिए । उनले गैर कर (राजश्व) बढ्नु राम्रो नभएको टिप्पणी गरे ।
नागरिक सुनुवाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले पछिल्लो ३ महिना अर्थात ०७९ साल पौष, माघ र फाल्गुणमा कार्यायलले दिएको सेवा प्रवाह, अपराध, अनुसन्धान तथा नियन्त्रण, प्रहरी कार्य, र्सिजनशिल कार्य र विपत ब्यवस्थापन गरी ५ फरक बिधामा प्रस्तुतीकरण गरेका थिए ।








