गोरखा । गोरखाको घ्याच्चोकमा १ घर जलेर नष्ट भएको छ । सोमबार राती भएको उक्त घटनामा अजिरकोट गाउँपालिका–१ घ्याच्चोक धन्सीराको केतुङका सुकबहादुर गुरुङको घर जलेर नष्ट भएको हो ।
घर जल्दा नगद, गरगहना र अन्तपात तथा लत्ता कपडा सबै जल्दा २० लाख बरावरको क्षती भएको स्थानिय तथा शिक्षक विरबहादुर गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार ६ गते सोमबार राती अचानक विष्फो६ भएको ठुलो आँवाज पछि घटना स्थल पुग्दा सुकवहादुरको घर जलेर पूर्ण रुपमा क्षती भएको थाहा पाएको बताए । ‘बम पडकिएको जस्तो आवाज आयो । हामी सबै गाउँलेहरु मिलेर त्यहाँ पुग्दा त घर पुरै जलेर खरानी मात्र भएको देखियो’ उनले भने ‘घर जलेपछि मात्र ग्यास सिलिण्डर पड्किएको हुनु पर्छ ।’ उक्त स्थानमा २ घर मात्र रहेको छ ।
घर धनी सुकबहादुर घरभन्दा पर रहेको पचबुङ भन्ने स्थानमा झाँक्री बोलाएको हेर्न गएको बेला आगलागी भएको थियो । श्रीमान श्रीमती मात्र बस्दै आएको उक्त घरमा दुवै जना झाँक्री बोलाएको हेर्न जादा घटना भएको थियो ।
पिडित गुरुङका अनुसार घरमा अघिल्लो दिन गाउँले संग लिएको सापटी ५० हजार र ५ तोला सुनका साथै सबै अन्नपात र लत्ता कपडा जलेको छ । घर पनि पूर्ण रुपमा क्षती हुदा २० लाख बरावरको क्षती भएको अनुमान गुरुङले गरेका छन् ।
पिडित सुकबहादुरका श्रीमती सहित अहिले छिमेकीको घरमा शरण लिएर बसिरहेका छन् ।
तस्बिर साैजन्य : यम गुरुङ


