गोरखा । मानव सेवा आश्रम गोरखाले आफ्नो स्थापना दिवश दिप प्रज्वलन गरेर मनाएको छ । आश्रमको गोरखा शाखा स्थापना भएको ६ बर्ष पुरा भएर ७ वर्ष लागेको अवशरमा दिप प्रज्वलन गरेर मनाएको हो ।
स्थापना दिवशको आइतबार आश्रममा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगर र गोरखा नगरपालिकाका कार्यकारी प्रमुख तथा अभिभावकहरुले दिप प्रज्वलन गरेरको आश्रमकी संरक्षक मुना मानव सेवाले जानकारी दिइन ।
नाथै नाथले बास गरेको यो देशमा कोहि पनि अनाथ भएर बस्नु नपरोस् । एक गाँस भोजन र एक सरो कपडाको अभावमा दयनीय कष्टकर जीवन बिताउन नपर्ने अवस्थाको सृजना गरि नेपाललाई मानवताको देश भनी विश्व सामु परिचित गराउन ०७३ साल चैत्र ५ गते स्थापना भएको थियो ।
बेवारिसे, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर तथा सडकआश्रित मानवमुक्त गराउने उद्वेश्यले आश्रममा अहिले गोरखा, काठमाण्डौं, चितवन र कास्कीका ४९ जना बालबालिका सहित ५१ जनाले आश्रय लिदै आएको छ ।
हाम्रो चाहना ः सबैको लागि खाना, नाना र छाना भन्ने उद्वेश्यका साथ मानव सेवा आश्रमको गोरखा शाखा स्थापना भएको पनि संरक्षक मुना मानव सेवाले बताईन ।




