गोरखा । लायन्स क्लब अफ गोरखाको अध्यक्षमा भगवानबावु मास्के चयन भएका छन् । अग्रेजी वर्ष २०२३–०२४ का लागि मास्केलाइ अध्यक्षमा सर्व सम्मत रुपमा चयन गरिएको हो ।
मास्के यस अघि क्लबमा बर्ष २०२२–०२३ मा प्रर्थम उपाध्यक्ष पदमा थिए । लायन्स क्लब अफ गोरखाले सधैको बर्ष प्रर्थम उपाध्यक्षलाई अध्यक्षमा चयन गर्ने प्रचलन राख्दै आएको छ ।
क्लबको आफ्नै भवनम भएको भेलाले प्रथम उपाध्यक्षमा सुजन कुवर, द्वितिय उपाध्यक्षमा अयोध्या जोशी र तृतिय उपाध्यक्षमा शरदबावु श्रेष्ठलाई सर्व सम्मत रुपमा चयन गरेको छ ।
त्यस्तैगरी, सचिवमा गोविन्द गुरुङ, कोषाध्यक्षमा सञ्जय अधिकारी, क्लब एडमिनिस्टेडमा अस्मकबावु श्रेष्ठ र एलसिआईएफमा चेयरपर्सन धिरजबहादुर मास्केलाई चयन गरेको छ ।
द्वितिय उपाध्यक्ष जोशीले दिएको जानकारी अनुसार मेम्बरसिप चेयरपर्सनमा राजनराज पन्त, क्लब सर्भिसमा दिपक श्रेष्ठ, क्लब मार्केटिङ कम्यूनिकेशन चेयरपर्सनमा राजेन्द्रप्रसाद अधिकारी र डाईरेक्टरमा श्यामबावु जोशी र श्यामबावु श्रेष्ठ चयन भएका छन् ।
क्लबको सल्लाहाकार भने भेलाले चन्दबावु खत्रीलाई चयन गरेको द्वितिय उपाध्यक्ष जोशीले जानकारी दिए ।


