गोरखा । बारपाक सुलिकोट गाँउपालिकामा महिलाहरुको लागि ३ महिने सिलाई कटाई तालिम आजदेखी सञ्चालनमा आएको छ । गाउँपालिकाको वडा नं. ८ को गैरीछापमा आजदेखी ३ महिने सिलाई कटाई सम्बन्धि तालिम सुरु भएको हो ।
गाँउपालिकाको आयोजना तथा गरिबि निवारणका लागी लघु उद्यम बिकास कार्यक्रम अन्तरगत बिहीबारदेखी ३ महिने सिलाई कटाई सम्बन्धि तालिम सञ्चालनमा आएको गाउँपालिकाले जनाएको छ ।
तालिमको एक कार्यक्रम बिच पालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले उदघाटन गरेका थिए । तालिममा वडा भित्रका १४ जनाको सहभागिता रहेको छ ।
वडाका महिलाहरुलाई अत्मानिर्भर बनाई स्वारोजगार हुनका लागी तालिमको आयोजना गरिएको वडाध्यक्ष शरण गुरुङले बताए । गुरुङका अनुसार गरिब, दलित तथा जनजाति महिलाहरुलाई प्रथामिकतामा राखेर तालिम सुरु गरिएको हो ।


