गोरखा । गोरखाको बारपाक सुलिकोट गाँउपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई मानसिक रोग, रोकथाम तथा उपचार सम्बन्धि अभिमुखीकरण गराइएको छ ।
गाँउपालिकाको आयोजना टिपिओ नेपालको प्राबिधिक सहयोगमा मानसिक रोग, रोकथाम तथा उपचार सम्बन्धि ५ दिने मोडुल टु बी तालिम गराईएको गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख मोदराज भट्टले जानकारी दिए।
गाँउपालिकामा बढ्दै गरेको मानसिक स्वस्थ्य सम्वन्धी समस्याका बिरामीहरुलाई मध्यनजर गर्दै न्यूनिकरणमा सहजता ल्याउने उद्वेश्यका साथ पारामेडिक्स स्वस्थ्यकर्मीहरुलाई अभिमुखीकरण गराएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमलाई टिपिओ नेपालका प्रशिक्षक डा.कमल गौतम र डा.वसन्त ढुंगानाले सहजीकरण गरेका थिए । ।


