गोरखा । गोरखा अन्य द्रब्यशाह र भवानी बहुमुखी क्याम्पसमा पनि स्ववियु निर्वाचन सर्व सम्मत भएको छ । जिल्लामा क्रियाशिल ४ बिद्यार्थी संगठनहरुले सबै सबै क्याम्पसमा सर्व सम्मत हुने गरी सहमतीमा नामावली दर्ता गराएका थिए ।
प्राप्त विवरण अनुसार गोरखा सदरमुकामको लक्ष्मी बजारमा रहेको द्रब्यशाह बहुमुखी क्याम्पसमा सभापतिमा नेपाल बिद्यार्थी संघका १ जना बिद्यार्थीले विद्रोह गरी नाम दर्ता गराएको भएता पनि सहमतीमा नाम फिर्ता लिए संगै त्यहाँ पनि सर्व सम्मत भएको निर्वाचन समितिले जानकारी दिएको हो ।
द्रब्यशाहको सभापतिमा नेविसंघका सौनक घिमिरे सर्व सम्मत भएका हुन् । उनको समितिमा सचिवमा सचिन खनाल र कोषाध्यक्षमा विन श्रेष्ठ चयन भएका छन् ।
सदस्य खुल्ला तर्फ राजेश श्रेष्ठ, विपना कोइराला, अनुप सिम्खडा, प्रताप थापा मगर र नविना गुरुङ चयन भएका छन् भने समानुपातिक तर्फको सदस्यहरुमा सन्दिपबावु खत्री, सुमिना ज्ञवाली, सन्तोष बस्नेत, नैईय गुरुङ, असिम श्रेष्ठ, नम्रता थापा मगर र पवन गुरुङ चयन भएका छन् ।
त्रिभूवन विश्व विद्यालयले चैत्र ५ गते स्ववियुको निर्वाचन कार्य तालिका सार्वजनिक गरेको भएता पनि गोरखाको तिनवटै क्याम्पसमा सर्व सम्मत भए पछि निर्वाचन टरेको छ ।
उता भवानी बहुमुखी क्याम्पस ठाटीपोखरीको सभापतिमा नेपाल समाजबादी विद्यार्थी युनियनका गुणराज गिरी सर्व सम्मत सभापति चयन भएका थिए ।
गिरीको समितिमा उप सभापतिमा विश्व पौडेल, सचिव आकाश राना मगर, कोषाध्यक्ष रोजिना मियाँ र सह सचिवमा नरेश बोटे चयन भएका छन् ।
समितिको खुल्ला तर्फको सदस्यमा रुबी तामाङ, इन्दिरा तिवारी र भवानी राना चयन भएका छन् भने समानुपातिक तर्फ लक्ष्मी खड्का रानाभाट, सुनिता गिरी र रोजिना देवकोटा चयन भएको निर्वाचन समितिले जानकारी दिएको छ ।




















