गोरखा । चैत्र ५ गते हुने भनिएको स्ववियु निर्वाचन गोरखा क्यापसमा ३ विद्यार्थी संगठन विच सहमतीमा सर्वसम्मत भएका छन् ।
सर्वसम्मत समितिमा सभापति, कोषाध्यक्ष र समानुपातिक सहित क्रान्तिकारीको ७ जना छ भने नेपाल बिद्यार्थी संघले सचिव सहित ५ जना र अनेरास्ववियुका ३ जना चयन भएका हुन् ।
स्वतन्त्र बिद्यार्थी युनियन निर्वाचन समिति, गोरखा क्याम्पसले बुधबार निर्वाचन परिणाम घोषणा गर्दै स्ववियु निर्वाचन सर्वसम्मत भएको जनाएको छ ।
निर्वाचन अधिकृत शिवदत्त दवाडीले जारी गरेको सूचनामा सभापतिमा क्रान्तिकारीका विण्णु पाण्डे, सचिवमा नेविसंघका पशुराम भट्ट र कोषाध्यक्षमा क्रान्तिकारीका सुस्मिता दवाडी विजयी भएको घोषणा गरेको छ ।
त्यस्तै गरी सदस्यहरुमा सविना गुरुङ र नारायण भट्ट नेविसंघ, विनय गुरुङ क्रान्तिकारी, पुजा खड्का र राजाराम बोहोरा अनेरास्ववियुबाट विजयी भएका छन् ।
यता समानुपतिक तर्फको ७ जनामा सिमरन गुरुङ र रचन परियार नेविसंघबाट, पुष्पा गुरुङ विनिता मग्राती, अनुप तिवारी र रचना बसेल क्रान्तिकारीको तर्फबाट र बिक्रम तामाङ अनेरास्ववियुबाट परेका छन् ।
निर्वाचन अधिकृत दवाडीले कुनै पनि उम्मेदवारका बिरुद्व कुनै पनि प्रकारको उजुरी नपरेका कारण कार्यक्रम मुताविक आज सूचना जारी गरिएको बताए ।
निर्वाचन अधिकृतले जारी गरेकाे सूचना अनुसारकाे स्ववियुमा निर्वाचितहरु




