गोरखा । चेक अनादार मुद्वाका फरार अभियुक्तलाई गोरखा प्रहरीले स्याङजाबाट पक्राउ गरी गोरखा ल्याएको छ ।
पक्राउ पर्नेमा गल्याङ नगरपालिका–५ बस्ने बर्ष ३४ का सुमन श्रेष्ठ सुवाल भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
सुमनलाई वडा प्रहरी कार्यालय वालिङ स्याङजाको सहयोगमासाविक पीडीखोला गाउँ बिकास समिति–८ हाल गल्याङ नगरपालिका–५ बाट पक्राउ गरी गोरखा ल्याइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
पक्राउ परेका सुमनलाई गोरखा जिल्ला अदालतबाट चेक अनादार मुद्वामा २ बर्ष कैद सजाय फैसला भएको पनि गोरखा प्रहरीले जानकारी दिएको छ । फागुन २९ गते सोमबार पक्राउ परेका उनलाई मंगलबार कैद सजायका लागि पेश गर्दा अदालतले कैद भुक्तानीका लागि कारागार चलान गरेको छ ।


