गोरखा । गोरखा सदरमुकामा आज दिउसो भएको मिनि ट्रक दुर्घटनामा परि मृत्यु हुनेको संख्या २ पुगेको छ । मृत्यु हुनेमा सवारी धनी आरुघाटका उमेश श्रेष्ठ र दोलखा जिल्ला सैलुङ गाउँपालिका-७ घर भई राष्ट्रिय बाणिज्य बैंक गजुरी शाखामा कार्यरत बर्ष ३२ को बिष्णु खड्काको मृत्यु भएको हो ।
दुर्घटनामा गंमिर घाईते भएका श्रेष्ठको गोरखा अस्पतालमा र खड्काको चितवनको भरतपुर मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी लिलाराज लामिछानेले जानकारी दिए ।
गोरखा बजारको पुरानो बसपार्कबाट हरमटारी तर्फ आउदै गरेको प्रदेश ३–०१–००३ क ६१७० नम्बरको मिनि ट्रक दिउसो १ः१५ बजे गोरखा नगरपालिका–६ को बिसौनी मोडमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परेका मध्ये ५ जनाको चितवनको भरतपुर मेडिकल कलेजमा उपचार भई रहेको छ भने १ जनाको गोरखा अस्पतालमा उपचार भई रहेको छ ।
चितवनको भरतपुर मेडिकल कलेजमा गोरखा जिल्ला शहिदलखन गाउँपालिका ७ घर भई हाल गोनपा९ बस्ने बर्ष ३० की रमला राना मगर, शहिदलखन गाउँपालिकाका बर्ष ५९ को लालबहादुर गुरुङ, गोरखा नगरपालिका १० छेवेटार बस्ने बर्ष ४० की साबीत्री बिक, बर्दिया जिल्ला स्थाई वतन भएका बर्ष २८ को मंगल चौधरी र शहिदलखन गाउँपालिका-४ का बुद्दीबहादुर नेपाली रहेको गोरखा प्रहरीले जनाएको छ ।
गंभिर घाईते भएका चौधरी भने बिवाहमा सहभागी हुन गोरखा आएको खुल्न आएको छ । चौधरी राबा बैंक गजुरी शाखाको कर्मचारी भएको पुष्टी भएको छ ।
सोही दुर्घटनामा परी घाईते भएका शहिदलखन गाउँपालिका बस्ने बर्ष ६८ को नारायण भुजेलको भने गोरखा अस्पतालमा नै उपचार भई रहेको छ ।
चितवनबाट फलफुल लिएर आरुघाट जान लागेको मिनीट्रक राष्टिय बाणिज्य बैंक गोरखा शाखाबाट सामान हालेर हिडने बित्तिकै अनियन्त्रित भएर बिपरित दिशाबाट आउदै गरेको बा ८६ प १७८५ नं मोटर साइकल तथा सडक पेटीमा बसेर चनाचटपट खाई रहेका अन्य यात्री समेतलाई मिनिटकले लछार्दा उनीहरु घाईते थिए ।
मिनि ट्रक सडकबाट २० मिटर तल जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पुगेर अडकिएको छ । दुर्घटना के कती कारण भएको भन्ने बारे अनुसन्धान सुरु गरिएको सूचना अधिकारी लामिछानेले जानकारी दिए ।


